भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पुलमा क्षति पुगेपछि बालबालिका स्कुल जान सकेनन्

पुलमा क्षति पुगेपछि बालबालिका स्कुल जान सकेनन्

गोरखा । वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका–९ स्थित खारखोलाको पुलमा क्षति पुगेको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द भएको स्थानीयले बताए ।

‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ, पुलमा क्षति पुगेकाले आउजाउ गर्न रोकीएको छ ।’ दिपक अधिकारीले भने । पुल हुदै धर्मोदय माध्यमिक बिद्यालयमा अध्ययनरत करिब १०० भन्दा बढी विद्यार्थी आउजाउ गर्न रोकिएका छन् ।

पारिडिहिका स्थानीयलाई बिर्दि बजार आउन पनि पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो तर त्यही पुलमा क्षती पुगेकोले रोकिएको छ । आवतजावत रोकिंदा स्थानीय समस्यामा परेका छन् । बेलैमा तारजालीको व्यवस्था गरेर कटान क्षेत्रलाई संरक्षण गर्न सके पुल जोगिन सक्ने स्थानीयले बताए ।

पुलको स्थलगत निरिक्षण गरेर संरक्षणका लागि आवश्यक पहल गरिने वडाध्यक्ष भेजराज पाण्डेले बताए । चार बर्ष अघि गोरखा नगरपालिका र वडाको गरी करिब ३५ लाख बजेट खर्चेर सो पुल निर्माण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.