भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डौ । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् काँग्रेस नेता खाणलाई बुधवार जिल्ला अदालत काठमाण्डौले चार दिन म्याद थपको अनुमति दिएको हो ।

प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानका लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई निवासबाटै बुधबार प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको छ । अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.