भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

पूर्वराजा ज्ञानेन्द्र के सक्रिय राजनीतिमा आउँनै थालेका हुन ?

पूर्वराजा ज्ञानेन्द्र के सक्रिय राजनीतिमा आउँनै थालेका हुन ?

काठमाडौं । आठौँ संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको नयाँ अभियानको घोषणा भएको छ । राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिन थालेका छन् ।

पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका ज्ञानेन्द्रले जनतासँगको भेटघाट काठमाडौं उपत्यकाबाटै सुरु गर्न लागेको जनाएका छन ।

धार्मिक तीर्थस्थल तथा मठमन्दिर भ्रमणको नाममा उनले नागरिकसँग भेटघाट गर्न लागेका हुन् । सोही अनुरुप ७ असोजमा भक्तपुरमा पहिलो कार्यक्रम राखिएको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ ।

दिउँसो ३ बजे भक्तपुरमा जाने कार्यक्रम रहेको ज्ञानेन्द्रका संवाद सचिव फणीराज पाठकले बताए।सो अवसरमा भक्तपुरको तलेजु भवानीको दर्शन, भैरवनाथको दर्शन गर्ने पनि जनाइएको छ । पाठकले वक्तव्य निकालेर यसबारे जनाकारी दिए।

 


Thali Mobile Pvt.Ltd.