भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार

रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे काठमाडौँको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट एक व्यक्तिको उद्धार गरेको हो ।  दक्षिणकाली नगरपालिका – ८ वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको सशस्त्र प्रहरी बल नेपालले उद्धार गरिएको हो ।

मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको छ । पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.