पूर्वलडाकुलाई रोजगारी देउ

पूर्वलडाकुलाई रोजगारी देउ

काठमाडौं । माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पैसा भन्दा रोजगारी दिने कुरा गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । कोइरालाले भने, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.