काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनले सहमति गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो।
नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
