भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

पोखरामा इन्टरनेट सेवा बन्द

पोखरामा इन्टरनेट सेवा बन्द

पोखरा । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेशन सेन्टरमा विद्युत् विच्छेद गरेकोले पोखरामा इन्टरनेट सेवा बन्द भएको छ ।

जसका कारणले इन्टरनेट बन्द भएको सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै विद्युत् प्राधिकरणले उल्लङ्घन गरेको आईस्पानले आरोप लगाएको छ ।

प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानले बताएको छ । प्राधिकरण यसको जिम्मेवार भएकाले क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ ।

विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने र विद्युत् विच्छेद गर्ने काम भएको आईस्पानको भनाइ छ ।

यता विद्युत् प्राधिकरणले भने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको पोल प्रयोग गरेर उपभोक्तालाई चर्को मूल्यमा इन्टरनेट बेचेको, भाडा तिर्न आनाकानी गरिरहेको आरोप लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.