भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

काठमाडौं । फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो।

फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। रिटमा सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ।

गत १२ भदौमा राष्ट्रपति भवनमा विभिन्न विधामा चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिएको थियो। तर यसपटक सर्वश्रेष्ठ फिल्मको विधा पनि खाली थियो।

जुरीका एक सदस्यले ‘प्रकाश’लाई सर्वश्रेष्ठ फिल्म निर्णय गरेर पठाए पनि पछि बोर्डमा पुगेपछि हटाइएको खुलासा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.