प्रचण्ड–नेपाल बन्दः गाडी जलाइए, नेताहरु पक्राउ परे, भोलि ओलीको काठमाडाैंमा शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल बन्दः गाडी जलाइए, नेताहरु पक्राउ परे, भोलि ओलीको काठमाडाैंमा शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला एक अर्काप्रति आक्रामक बन्दै गएको छ । प्रचण्ड–माधव पक्षले घोषणा गरेको आम हड्तालका दिन आज बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ भने प्रहरीले नेताहरुलाई धरपकड गरिरहेको छ ।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि युवाहरुले आगजनी गरेका हुन भने आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ। बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पक्राउ परेका छन् ।

निरंकुश केपी ओली सरकारले नेकपा स्थायी कमिटी सदस्य गिरफ्तार गर्नु आफ्नो खोट्टामा बन्चरो हान्नु सरह हो भन्दै बदला लिने दाउमा रहेको प्रचण्ड माधव पक्षले बताएको छ भने ओली सरकार दमनको शैलीमा उत्रिएको छ ।

banda-pakrauचोकचोकमा सम्भावित घटना हुन नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् भने प्रचण्ड माधव पक्षका बन्द कर्तापनि निकै आक्रोषित भएर बन्द सफल पार्ने दाउमा उत्रिनुले झडपको रुप लिन थालेको छ । यता प्रहरीले ५० भन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । यातायात भने संचालन हुन सकेको छैन ।

देश लगभग ठप्प जस्तै देखिएको छ । लोक सेवा आयोगको परिक्षा दिने विद्यार्थीलाई भने सास्ती भएको छ भने भाेली नेकपा ओली पक्षले काठमाडाैंमा शक्ति प्रर्दशन गर्न भएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.