भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल

प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानैदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको हो । प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ । प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि निरन्तर छलफल हुँदै आएको छ । खुमलटारमा भएको वार्तामा शक्ति बाँडफाँट एवम् सरकार सञ्चालन सम्बन्धमा छलफल भएको थियो । त्यसपछि सत्ता साझेदार दलका मुख्य नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.