भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रचण्डकाे बाेलीमा कुनै तुक छैन : शंकर पाेखरेल

प्रचण्डकाे बाेलीमा कुनै तुक छैन : शंकर पाेखरेल

१० साउन २०७७ काठमाडौं । आफू सरकारमा हुँदा सिन्को सम्म भाँच्न नसक्ने पुर्व प्रधानमन्त्री प्रचण्डले अहिले नक्सा मैले जारी गरेको हुँ भन्न लाजमान्नु पर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रोष व्यक्त गर्दै पोखरेलले पुष्पलाल स्मृती दिवसको कार्यक्रमलाई संबोधन गर्दै आफूले नक्सा जारी गर्न दवाव दिएको भन्नु हास्यास्पद भएको टिप्पणी गरे । कालापानी क्षेत्रको सीमा विवादका बारेमा आफु प्रधानमन्त्री हुदा के हेरेर बसेको रु प्रश्न गर्दै पोखरेलले लाज पचेपछि कस्को के लाग्छ र भने ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने हिक्मत केपी ओली बाहेक अरू कसैले नसकेको दावी गरे । प्रर्चण्डले केपीलाइ लालछना लाउनुको कुनै तुक नभएको भन्दै पोखरेलले आफ्नो हैसियतमा बस्न प्रचण्डलाइ सुझाव दिए ।

 


Thali Mobile Pvt.Ltd.