काठमाडौं । मंगलबार अवेर साँझ एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बालकोटमा भएको भेटमा प्रचण्डलाई खुइल्याउने दाउ रहेको स्रोतको दावी छ ।
राजनीतिक माहोल विग्रीदै गएका बेला ओली र कोइराला भेटलाई महत्वका साथ हेरिएको छ । तर, पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।
देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएसंगै ओली र कोइरालाबीच दुई घण्टाबी कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदनका विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।
