चितवन । ओली पक्षका नेता शंकर पोखरेलले प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेश ईन्चार्जबाट हटाएपछि चितवन पुगेका पोखरेलले प्रचण्डले चितवन छाड्ने अवस्था आएको दाबी गरेका छन् ।
दसोमबार भरतपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले यस्तो बताएका हुन । रोल्पाबाट चुनाव लडेका प्रचण्ड अब रोल्पा जाने आँट नगर्ने अवस्थामा पुगेको बताए । जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र भएकाले अब हुने चुनावमा जनताले प्रचण्डलाई धुलो चटाउने दावी गरे ।
ओलीकै अगुवाईमा नेपाली भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्ने र संविधान संशोधनमार्फत निशान छाप परिवर्तन गरेपछि पार्टीलाई ध्वस्त पार्ने खेलामा लागेका प्रचण्डले सरकार गिराउने खेल खेलेको दाबी गरे । केपी ओलीले पार्टीलाई फुटबाट जोगाउन केन्द्रीय सदस्य संख्या ४४१ बाट बढाएर ११९९ पुर्याएको उनले बताए । ४० प्रतिशतबाटै पार्टी फुटाउने अवस्थामा पुगेपछि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षबाटै पाखा लगाएको जिकिर गरे ।
