भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

प्रतिकुल मौसमका कारण नगरकोट सडक महोत्सव पर सर्यो

प्रतिकुल मौसमका कारण नगरकोट सडक महोत्सव पर सर्यो

भक्तपुर । नगरकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुयाउने उद्देश्यले नगरकोट सडक महोत्सव २०८० असोज २६, २७ र २८ सम्म गरिने भएको थियो ।

तर जलवायु प्रतिकुल मौसमको असर र कार्यक्रम स्थलसंग जोडिएको सडक निर्माण कार्य पुर्ण रुपमा सम्पन्न नभएको भन्दै सडक महोत्सव कार्तिक २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।

तीन दिन सञ्चालन हुने महोत्सवमा प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति भन्ने मूल नाराका तय भएको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

साे समयमा उपयुक्त नदेखिएकाले महोत्सवको मिति सारिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गरुङले बताए । समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मिति परिवर्तन गरिएकोप्रति क्षमायाचना गर्दै कार्तिक २३, २४ र २५ गतेको सडक महोत्सवमा सहभागि हुन आग्रह समेत गरेको छ ।

हेर्नुहोस विज्ञप्ती..

 


Thali Mobile Pvt.Ltd.