भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति केही दिनमा तय हुने

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति केही दिनमा तय हुने

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रस्तावको तयारी निर्वाचन आयोगले गरेको छ । कात्तिकको अन्तिममा निर्वाचन गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी निर्वाचन आयोगले थालेको हो ।

यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा पुगेको आयोग अब भने एकै चरणमा गर्ने टुङ्गोमा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले जनाएको छ ।

देशभर मतदाता नामावली सङ्कलनको काम गरिरहेको छ भने चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाहरुले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्ने उल्लेख गरिएको छ । आयोगका अनुसार ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको छ ।

१ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ । चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोगले खाका तयार पारेको समेत जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.