भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नाम दर्ता कार्य तीव्र

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नाम दर्ता कार्य तीव्र

काठमाडौँ, २६ कार्तिक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारीस्वरूप निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिएको छ। आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २० गतेसम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई निर्वाचन सम्पन्न भएपछि नाम दर्ता गराउन अनुरोध गरिएको जानकारी दिए।

उनका अनुसार देशभर दैनिक आठ सयभन्दा बढी व्यक्तिले मतदाता नाम दर्ता गराइरहेका छन्। यसका लागि जिल्लामा दुई सिफ्टमा—६–६ घण्टाका दरले—दैनिक १२ घण्टासम्म सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रहरूमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ। अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको सिफारिसमा आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.