भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

प्रतिनिधिसभा बैठकको दुई घण्टा पछि सारियो

प्रतिनिधिसभा बैठकको दुई घण्टा पछि सारियो

काठमाडौँ । प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको हो।

प्रधानमन्त्री दाहालले यसअघि दिएको अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । आइतबार बैठक सूचारु गराउँनका लागि शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा पर सार्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभाका सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए ।

सदन खुलाउँन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचडबीच सिंहदरबारमा छलफल भइरहेको छ । यो संगै प्रतिनिधि सभा बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.