भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रतिनिधिसभाको आजको बैठकमा एमालेको अवरोध कायमै

प्रतिनिधिसभाको आजको बैठकमा एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायमै राख्ने बताएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति बनाउन प्रतिबद्धता जनापछि एमालेले बखेडा झिकिरहेकाे छ । उच्चस्तरीय समिति बनाउने सरकारले अडान लिएपछि हिजोका लागि डाकिएको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच समझदारी नबनेसम्म संसद बैठक सञ्चालन हुने सम्भावना न्यून देखिएको छ । संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने भएका छन् ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची पनि रहेको छ । यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.