भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रतिवेदन पेश

प्रतिवेदन पेश

काठमाडौँ । १९औँ एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित ‘हाई परफरमेन्स कमिटि’ ले आज राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका ज्येष्ठ सदस्यलाई संयोजकको रुपमा काम गर्ने गरी खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८÷०८÷२४ को सदस्य सचिवस्तरीय निर्णयअनुसार सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।कार्यदलमा अर्जुनबहादुर विक, निर्देशक, तालिम तथा प्रशिक्षण विभाग, सदस्य, महेन्द्र राई निर्देशक, राष्ट्रिय टिम तयारी, सदस्य, सङ्गमसिंह थापा निर्देशक, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान सदस्य, निलेन्द्र राज श्रेष्ठमहासचिव, नेपाल ओलम्पिक कमिटि, सदस्य, पार्थ सारथी सेन गुप्त मिठु, सुमन डिसी खेल विज्ञ सदस्य र हिमाल राज दाहाल उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग सचिव रहनुभएको थियो ।

उक्त कार्यदललाई नेपालको अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा देखिएको प्रदर्शन तथा परिणामलाई के कसरी प्रभावकारीरुपमा उपलब्धिमूलक तथा परिणाममुखी बनाउन सकिन्छ त्यसको गहन अध्ययन गरी परिषद्लाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । कार्यदलले नजिकै आउन लागेको १९औँ एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो ।कार्यदलले विभिन्न छलफल, प्रतियोगितामा देखाएको उच्च प्रदर्शन, विगतमा प्राप्त परिणामलाई अध्ययन गर्दै हाल १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपालले प्रथम स्थान हासिल गरेका खेल र उच्च प्रदर्शन गर्न सफल तथा हालै बङ्गलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हासिल गरेको नतिजालाई आधार मान्दै महिला भलिबल टोलीलाई पनि समावेश गरी १४ खेललाई समावेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको जनाएको छ ।प्रतिवेदन बुझदै निमित्त सदस्य सचिव थापाले कार्यदलको कार्यको प्रशंसाका साथ धन्यवाद व्यक्त गर्दै यस प्रतिवेदनका आधारमा नेपाली खेलकुदको बाटो तय गर्ने र त्यसले आगामी दिनमा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिष्ठा उच्च राख्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.