भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रथम राष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेर सरकारको गरे ध्यानाकर्षण

प्रथम राष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेर सरकारको गरे ध्यानाकर्षण

काठमाडौं । गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका केही प्रावधान हटाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वराष्ट्रपति डा. यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा भेटेर सो ध्यानाकर्षण गराएका हुन । उक्त ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको बताए । मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।

सो विधेयकमा हाल बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी गर्नेबारेमा उल्लेख भएको पनि डा यादवले जानकारी गराएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.