भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्रदेश राजधानी सुर्खेत जोड्न सानीभेरीमा पुल निर्माण

प्रदेश राजधानी सुर्खेत जोड्न सानीभेरीमा पुल निर्माण

जाजरकोट । मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ । सानीभेरी गाउँपालिका–८ को मध्यपहाडी लोकमार्ग र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा जान सकिने छ । पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ । पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने छ । यो पुल नबन्दा सल्यान भएर ३४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त पुल पाँच वर्षअघि नै बन्नुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले तीन पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको हो । पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडासमेत जोडेको छ । आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ । सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन् । पुल निर्माणको जिम्मा बीक्यु विल्डर्स, काठमाडौँले लिएको थियो । पुलमा सवारी साधन गुड्न थालिसकेका छन् । रु सात करोड ८२ लाखको लगानीमा पुल निर्माणको काम सकिएको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.