प्रदेश १ मा किचलो: छुटाछुट्टै सर्वदलीय छलफल

प्रदेश १ मा किचलो: छुटाछुट्टै सर्वदलीय छलफल

विराटनगर । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाए पछि किचलो सुरु भएको छ ।

संसद्मा देखिएको समस्या समाधान गर्न सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय छलफल बोलाएका थिए । मुख्यमन्त्रीको सहमतिमा बोलाइएको बैठकमा मुख्यमन्त्री राई नै उपस्थित जभएपछि किचलो सुरु भएको हो ।

प्रतिपक्षी दलहरुले सोमबारको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले सोमबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको छैठौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.