भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको देउखुरी

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको देउखुरी

बुटवल । ३ वर्ष पछि प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) रहने प्रस्ताव बहुमतले पारित गरेको हो ।

प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेका थिए । प्रदेश सभामा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यकालाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए ।

यस्तै प्रदेशको नाम लुम्बिनी रहने उनको प्रस्ताव थियो । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश भएसंगै उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेका थिए ।

प्रदेश सभा सदस्यहरू पुरमती ढेगा मगर, सहस्रराम यादव, विजय यादव र सुमन शर्मा रायमाझीले विपक्षमा मतदान गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.