भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीको भेटवार्ता

काठमाडौँ, चैत २१ गते । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाली व्यावसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैङ्कक प्रस्थान गर्नुभएको थियो ।

थाइल्यान्डका प्रधानमन्त्री पेथोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बुधबार प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबिच नेपाल–थाइल्यान्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भोलि चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुुहुनेछ । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुने छ । प्रधानमन्त्रीका साथमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

 


Thali Mobile Pvt.Ltd.