भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज आर्मी र कर्णाली भिड्दै

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज आर्मी र कर्णाली भिड्दै

काठमाण्डौ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ । आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने बताइएको छ ।

समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने आज आर्मीले कर्णालीलाई हराउन सके सेमिफाइनलमा पुग्नेछ । हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थान उक्लिएको छ । पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेस ३ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ भने उ पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.