काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । १८ चैतमा भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने बताइएको छ । १९ चैतमा हुने भेटघाटलाई महत्वकासाथ हेरिएको छ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा २० चैतमा स्वदेश फर्किनुअघि वाराणासी पुग्ने कार्यक्रम रहेको छ । भ्रमणमा पत्नी आरजु राणा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, मन्त्री र सचिवहरु सहभागी हुने मन्त्रालयले जनाएको छ ।
