भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रधानमन्त्री देउवासहित सत्तागठबन्धनका शीर्ष नेताले भरतपुरको आम सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवासहित सत्तागठबन्धनका शीर्ष नेताले भरतपुरको आम सभालाई सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न चितवन पुगेका छन् । निजी सवारी साधन चढेर चुनावी प्रचारका कार्यक्रममा रहेको देउवा सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी भरतपुर महानगरमा उम्मेदवार छन् । उनीहरूलाई मत माग्न गठबन्धनले चुनावी सभा आयोजना गरेको हो ।

चुनावी सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने छन् ।

यस्तै कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसंग पनि देउवाले कुराकानी गर्ने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.