काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बैठक बस्ने तयारी नेताहरूले गरेका छन् । बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले बताए ।
कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ । कार्यक्रममा सहमति जुटे बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना हुन थालेको छ ।
