भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर घर गए हुन्छ : सांसद प्रेम सुवाल

प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर घर गए हुन्छ : सांसद प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको राजीनमा मागेका छन् । नेपाल क्रन्तिकारी किसान संघले शुक्रबार काठमाडौंमा गरेको विरोध प्रदर्शनपछिको सभामा बोल्दै नेमकिपाका सचिव एवंम प्रतिनिधिसभा सदस्य प्रेम सुवालले किसानलाई समयमा मल दिन नसक्ने सरकारको नेतृत्व गरिरहेका प्रधामन्त्री र मन्त्रीहरुलाई सिहंदरबारमा बस्ने अधिकार नभएको भन्दै राजिनामा मागेका हुन ।

सांसद सुवालले जनताका आधारभूत आवश्यकता पुरा गर्न नसक्ने सरकार र जनतालाई मल दिन नसक्ने सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घर बस्न सुझाउनुभयो । उहाँले नेपालमा मल कारखाना नखोल्नुको कारण मल किन्दा हुने भ्रष्टाचार भएको बताउदै मल किन्दा आउँने कमिशन बाडिचुडी खान पल्केकाहरु मल कारखाना स्थापनाको पक्षमा नभएको तर्क गर्नुभयो ।

देशका चार जना गृहमन्त्री भ्रष्टाचारमा परेको दृष्टान्त प्रस्तुत गर्दै सांसद सुवालले देशको सुशासन गर्ने बागडोर सम्हाले गृहमन्त्रालयनै भ्रष्टाचारको अखाडा बनेको बताउँदै देशका प्रधानमन्त्री र मन्त्रीहरु भ्रष्टाचारी,देशद्रोही हुँदा जनताले दुःख पाएको बताउनुभयो । सांसद सुवालले ख्वप विश्वविद्यालय स्थापन गर्न १० वर्ष अधिदेखि आफूहरु लागिरहँदा पनि शासक दलहरुले नदिएको बताउदै केही दिन पहिले दर्ता भएको नेपाल विश्वविद्यालय नाम राम्रो भएपनि जनताका छोराछोरीलाई ठग्ने विश्वविद्यालय भएको बताए ।

उहाँले संसदमा ख्वप विश्वविद्यालय किन आउँदैन भनेर सोध्दा शेरबहादुर देउवाले ख्वप विश्वविद्यालय दिन नमानेको सिंहदरबारका कर्मचारीले बताएको तर्क गरे । उहाँले शेरबहादुर देउवाको जहान आरजु राणाले पाँचवटा कलेज सञ्चालन गरेको खुलाशा समेत गर्नुभयो । सांसद सुवाले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपाल विरुद्ध कुनै पनि सम्झौता भए जनताले ठेगान लगाउने बताउँदै जनतालाई झुक्याने शासकदलहरुलाई अब जनताले चिन्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.