भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनल पुग्यो

नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनल पुग्यो

काठमाण्डौ । सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको हो । नेपालले पहिलो सेट हारे पनि लगातार दोस्रो र तेस्रो सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । चौथो र पाँचौँ सेट जित्दै काजकिस्तान फाइनल पुगेको हो ।

त्रिपुरेश्वरको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणको च्याम्पियन नेपाललाई ३–२ को सेटमा हरायो । काजकिस्तानले फाइनलमा आउँदो आइतवार भारतसँग खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनल पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट काजकिस्तानले ३०–२८ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २५–१६ र २५–१५ ले जित्यो । चौथो र पाँचौँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्यो ।

 


Thali Mobile Pvt.Ltd.