प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । स्थानीय तहको चुनावमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको नेताहरुले बताएका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि तालमेल गर्ने तयारी गठबन्धनले गर्ने बताइएको छ ।

आजको बैठकलाई चासोका साथ हेरिएको छ । आजको बैठकबाट महानगरको विषयमा निर्णय लिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि गहन छलफल हुने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.