भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई बिदाइ तथा शुभकामना

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई बिदाइ तथा शुभकामना
भक्तपुर । भक्तपुर नगरपालिका सरुवा हुनुभएका भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई आइतबार बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित बिदाइ गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले संस्थाको प्रशासनिक र कार्यकारी काममा कर्मचारीहरुले सँधै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । कर्मचारीहरुले सुगम ठाउँ मात्र रोजेमा देश विकासमा बाधा पुग्छ भन्दै उहाँले आफू जुनसुकै क्षेत्रमा बसेर काम गरे पनि देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्नु एक असल नागरिकको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरबाट सिकेको ज्ञान, सीप र अनुभव अन्य क्षेत्रहरुमा पनि प्रयोग गर्न सके संस्थागत विकासमा सकारात्मक परिवर्तनहरु देखिने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्न पाउनु आफैमा सुखद् पक्ष भएको बताउँदै भक्तपुरका जनप्रतिनिधिको तर्फबाट सदासयता र कर्मचारीहरुबाट कार्य प्रक्रियामा सहजता भएको बताउनुभयो ।
उहाँले शारीरिक असमर्थताका कारण निकै छोटो अवधिमा भक्तपुरमा सरुवा हुन परेको बताउँदै भक्तपुरबाट आफूले  धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा र योजना शाखाका प्रमुख दिलभक्त जयनाले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.