भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

संगीत क्षेत्रलाई अझ उचाइमा उठाउने लोकप्रिय गायिका सपना शाहीको सपना

संगीत क्षेत्रलाई अझ उचाइमा उठाउने लोकप्रिय गायिका सपना शाहीको सपना

दैलेखकी चर्चित एवं लोकप्रिय गायिका सपना शाहीले संगीत क्षेत्रलाई अझ उचाइमा उठाउने बताएकी छिन् । आइतबार कैलाश खबरसंग कुराकानी गर्दै शाहीले भनेकी छन्, ‘जब मानिसहरूले दोहोरी र देउडालाई गम्भीर रूपमा लिँदैनन्, तब सम्म संगीतको भाव केहो भन्ने कुरा सायदै थाहा पाउँछन् ।

त्यसैले सूदुर तथा मध्यका गीत संगीत जारी राख्न लागि परेकी छु । उनले थपेकी छिन्, ‘ मेरो सांगितिक यात्राको समयमा यस्ता दिनहरुहरू थिए जहाँ म किन गीत गाइरहेको छु, गीतबाट मैले के पाएँ जस्ता मनमा प्रश्न उठीरहन्थ्यो ? तर त्यसो रहेन छ अहिले गीत संगीतले नै सस्कृति बचाइरहेको भान हुन थालेको छ ।’

शाहीले दर्जन बढी गीतमा आवाज दिइससकेकी छिन् । उनले रुनपरेपछि, तीज गीत, देउडा र लाेक दोहोरी गीत गाएर संगीत यात्रा सुरु गरेकी हुन् । अहिले उनी सम्मानित गायिकाको सूचीमै पर्छिन् । जव उनी गाउँन थालछिन्, उनका फ्यानहरूबाट अत्याधिक प्रतिक्रिया पाउँछिन् ।

अनि अझ तिखारिएर गाउँन मन लाग्छ भन्छिन् । उनी भन्छिन्, ‘कयौँ मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु । चाहे जनवादी हुन या समाज सुवाउदा या पर्यटनका गीत हुन्, या माया पिरतीका गीत हुन् । अबका गीतहरू भने फरक शैली र तरिकाले बनाउने सोच गरिरहेको छु। संगीत जीवन हो बाँचुन्जेल यस क्षेत्रबाट हात नझिक्ने र अन्तिम पटकसम्म पनि नयाँ प्रयास गर्न मन छ।’

जनवादी गीत गाउँन पनि त्यतिकै खप्पिस उनी पछिल्लो समय पर्यटन पर्वद्धनका गीतहरु पनि निकाल्न व्यस्त छिन् । पर्यटनलाई नेपालले चिनेर अघि बढे यसबाट सबैको भलो हुने उनी बताउँछिन् । दैलेखको ठाटीकाँध गाउँपालिका छडाथान स्थायी घर भएपनि उनी कोहलपुरमा बस्दै आएकी छन् ।

गीत संगित क्षेत्रमा योगदान दिएकाे भन्दै थुप्रै पुरस्कार तथा सम्मान हात पारेकि छिन् । पछिल्लो समय काठमाडौंलाई कर्मथलो बनाएर गीत संगीतलाई अगाडि बढाएकी सपना शाहीले हालसालै पर्यटन पर्वद्धनको नयाँ गित सार्वजनिक गर्ने तयारीमा रहेको बताएकी छन् ।

हाल उनी बार्दली खबरको सँस्कृति संरक्षण गरौं, देउडालाई जगेर्ना गरौं भन्ने कार्यक्रमबाट दर्शकको घर आँगन, टिभि, मोवाइल र कम्प्यूटर स्कृनमा समेत छाउने गरेकी छिन् ।सामाजिक सञ्जालमा अहिले विकृति बढेको भन्दै उनले सभ्य र सभ्य बनेर स्टोरी, रिल, पोष्ट गर्न सुझाव दिन्छिन् ।

बौद्धिक मानिसहरूपनि अहिले कता कता नैतिक पतनको बाटोमा लागेका हुन कि ? कसैले फेक आईडी बनाएर सञ्जालमा पोष्ट गरेका हुन छुट्याउनै अप्ठेरो परेको जिकिर गर्छिन् ।

कलाकारले समाजलाई खलबल्याउने भन्दा पनि सभ्य समाज निर्माण गर्न जुट्नु पर्ने अवस्था आएको बताउँछिन् ।सामाजिक सञ्जालमा प्रतिवन्ध लाउनु भन्दा पनि नियमन गर्नु पर्ने धारणा राख्ने शाही श्रोताले के चाहिरहेको छ त्यो कुरा सभ्य तरिकाले गीत संगीतमा ढालेर समाजमा पस्किन सकिने बताउँछिन् ।

 


Thali Mobile Pvt.Ltd.