भर्खरै : Sorry, your browser does not support inline SVG.
महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् |

प्रहरी कार्यालयको नवनिर्मित भवन आईजीपीद्वारा समुद्घाटन

प्रहरी कार्यालयको नवनिर्मित भवन आईजीपीद्वारा समुद्घाटन

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवन समुद्घाटन गरिएको छ । निर्माण कम्पनी सुनकोशी कन्ट्रकसन नेपाल, प्रालि ले मूल्य अभिवृद्धि करसहित १० करोड ११ लाख ४४ हजार ९१ रुपैयाँमा हालै निर्माण सम्पन्न गरेको भवनको समुद्घाटन गरिएको हो ।

कार्यालयको आफ्नै १९ हजार ४ सय ४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएका कार्यालय भवन, कर्मचारी आवास र हिरासत कक्ष गरी ६ वटा भवनको औपचारीक समुद्घाटन गरिएको हो । कार्यालय भवनको नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले समुद्घाटन गरेका हुन् ।

भवनको समुद्घाटन गर्दै उनले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गरे । नवनिर्मित भवन हामी सबैको साझा सम्पती भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गरे ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय मातहतका २८ वटा कार्यालय मध्ये ९ वटामा नयाँ कार्यालय भवन निर्माण भैसेकेको र बाँकी १९ वटा भवन जिर्ण तथा पुरानो हुनुको साथै केही कार्यालयहरु भाडाको घरमा समेत सञ्चालनमा रहेकाले यिनीहरुको समयमै निर्माण गर्ने कुरामा संगठन प्रमुखलाई उनले ध्यानाकर्षण गराए ।

 


Thali Mobile Pvt.Ltd.