भर्खरै : Sorry, your browser does not support inline SVG.

प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन

प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन

काठमाडौं । आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सानोठिमी क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न त्रिभुवन विश्वविद्यालयमार्फत् निर्देशन दिएको हो । सानोठिमी क्याम्पस प्रमुखलाई आयागले स्पष्टीकरण सोधेको छ ।

यो क्याम्पसले निर्वाचन आचारसंहिता लागू भइसकेपश्चात विज्ञापन खोलेको थियो । पत्रमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ ।

साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउन समेत अनुरोध छ ।’ उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न आयोगले बेग्लै पत्राचार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.