काठमाण्डौ । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदो फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ । सीसीएमसीसीको आइतावारको बसेको बैठकले फागुन १ गतेदेखि शैशिक्षक संस्था खोल्न सिफारस गरेको हो । बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको जनाइएको छ ।
बैठकले काठमाण्डौ उपत्यकाभित्रका निजी गाडीमा सोमबारबाट लागु हुने गरी जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै सीसीएमसीको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो ।
