भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

फिफा महिला विश्वकपमा समूह ‘एच’ का दुई खेल हुँदै

फिफा महिला विश्वकपमा समूह ‘एच’ का दुई खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका दुई खेल हुँदैछन् ।

समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् भने आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धामा जुट्दै छन् ।

दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छन् ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरणमा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने छ ।

३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह छन् भने विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.