भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

फुटबलर एरिक विष्ट कोरोनामुक्त

फुटबलर एरिक विष्ट कोरोनामुक्त

काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्याम्पका लागि छनोट भएका फुटबलर एरिक विष्ट कोरोनामुक्त भएका छन् ।साउन अन्तिमा अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रशिक्षण गर्नुअघि कोरोना परीक्षण गर्दा एरिकलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसको दुई साता र केही दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । एनआरटीबाट ए डिभिजन लिग खेलेका मिडफिल्डर एरिकले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफू कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् । एरिक कोरोना पोजेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेका थिए ।

उनले क्वारेन्टिनमा बस्नु कठिन भएको र आफूलाई कोरोना संक्रमण देखिएपछि आएको विभिन्न प्रतिक्रियाले भने नराम्रो लागेको लेखेका छन् । साथै उनले आफ्नो अनुभवपछि कोरोना संक्रमण हुनेहरुलाई सपोर्ट गर्नुपर्ने समेत उल्लेख गरेका छन् । यस्तै उनले यो अवधिमा आफूले अझ बलियो हुन सिकेको उल्लेखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.