भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हावामा कोरोना भाइरस छ कि छैन ? पत्ता लगाउने मेसिन आयो

हावामा कोरोना भाइरस छ कि छैन ? पत्ता लगाउने मेसिन आयो

एजेन्सी । हावामा कोरोना भाइरस छ कि छैन पत्ता लगाउने डिभाइस बनाएको रुसले दाबी गरेको छ । यो डिभाइसले कोरोना भाइरस पत्ता मात्र लगाउने नभइ हावामा भएको विषालु पदार्थ र कतिपय खतरानाक भाइरस भए नभएको समेत सूचना दिने दावी गरेको छ ।

यो डिभाइस रुसको केएमजे फ्याक्ट्रीले रक्षा मन्त्रालय र कोरोना भ्याक्सिन बनाउने गामालेया इस्टिट्यूटको सहकार्यमा तयार गरिएको हो । यो डिभाइसको नाम डिटेक्टर बायो रहेको छ । डिटेक्टर वायो कुनै पकेट डिभाइस होइन । यो रेफ्रिजरेटर जस्तो हुन्छ ।

बाहिरबाट हेर्दा स–सानो प्रयोगशाला नैहो । यसले हावालाई भित्र तानेर त्यसको परीक्षण गर्छ । यो एक प्रकारको मिनी प्रयोगशालाहरुको श्रृंखलामा कोरोना भाइरसको स्थितिको बारेमा पत्ता लगाउनमा सक्षम रहेको बताइएको छ । यसले भरपर्दो परीक्षणका लागि आफू वरिपरिको हावाको दुई पटकसम्म जाँच गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.