भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फ्रान्सका राष्ट्रपतिले गरे संसद् विघटन

फ्रान्सका राष्ट्रपतिले गरे संसद् विघटन

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू)को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद् भङ्ग गर्ने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । म्याक्रोनले संसद् भङ्गको घोषणा गर्दै ईयू चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.