भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटायो

ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटायो

काठमाण्डौ । नेपाल आयल निगमले ऋण लिएर आईओसीसंगको बक्यौता घटाएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएर निगमले आइओसीसंगको बक्यौता घटाएको हो । निगमले तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम र सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरेको जनाएको छ ।

गएको आइतबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर निगमले पुरानै मूल्यमा बेच्दै आएको छ । भारतबाट भाउ घटेर आए पनि निगम घाटामा रहेकाले भाउ नघटाएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको छ भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको जनाइएको छ । ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटाएको छ ।

दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ । निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो ।

 


Thali Mobile Pvt.Ltd.