भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति पुटिन इरान भ्रमणमा

राष्ट्रपति पुटिन इरान भ्रमणमा

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दोस्रो विदेश भ्रमणमा निस्कएका छन् । राष्ट्रपति पुटिन इरान पुगेका हुन । इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट समेत गरेका छन् । राष्ट्रपति पुटिनको भ्रमणले मस्कोका थोरै अन्तर्राष्ट्रिय गठबन्धनमा पर्ने मुलुकमध्ये एक इरानसँगको सम्बन्ध अझै मजबुत हुने अनुमान गरिएको छ ।

इरानमाथि पनि पश्चिम जगतले आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र टर्किस राष्ट्रपति रिसेप तायप एर्दोआनसँग पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेन युद्ध प्रारम्भ भए यता पूर्व सोभियत गणराज्यहरूको भ्रमण सीमित पारेका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसीसँगको भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनको विषयमा छलफल भएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.