भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

बचत रकम हिनामिना भएपछि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

बचत रकम हिनामिना भएपछि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

हेटौंडा ।  हेटौंडास्थित एक सहकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताहरूकै उजुरीका आधारमा हेटौंडा उपमहानगरपालिका २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जनौं बचतकर्ताले सहकारीको पासबुकसहित उजुरी दिएकाले छानबिनका लागि अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

सहकारीको बचत रकम हिनामिना भएपछि बचतकर्ता र नियमित पैसा संकलन गर्ने कर्मचारी समस्यामा परेका छन् । सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.