भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजेट नसच्याइए सरकार ढल्नसक्ने, प्रतिनिधिसभामा अर्थमन्त्रीले जवाफ दिने

बजेट नसच्याइए सरकार ढल्नसक्ने, प्रतिनिधिसभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका हन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटबारे अर्थमन्त्री जवाफ दिने सम्भावित कार्यसूची छ ।

जेठ १५ गते संसदमा प्रस्तुत बजेटबारे आइतबार छलफल सकिएको थियो । सत्तारुढ दलबाटै बजेटको विरोध भइरहेको छ ।

एकीकृत समाजवादीले त यथास्थितिमा बजेट पारित हुन नदिने घोषणा गरेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याइए सरकार ढल्नसक्नेसम्मको चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.