भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बरहवा नदीमा पुल नबन्दा डाइभर्सनबाटै जोखिमपूर्ण यात्रा

बरहवा नदीमा पुल नबन्दा डाइभर्सनबाटै जोखिमपूर्ण यात्रा

रौतहट । रौतहटको गौरस्थित बरहवा नदीमा पुल निर्माण नहुँदा आउजाउमा कठिन भएको छ । चन्द्रनिगाहपुर–गौर सडक खण्डअन्तर्गत गौर बसपार्क नजिकै रहेको पुल समयमै बन्न नसक्दा सानादेखि ठूला सवारी साधन डाइभर्सनबाटै जानुपर्ने अवस्था छ । डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा कष्टकर हुने गरेको चालकहरूको गुनासो छ । खासगरी वर्षायाममा सो सडक हुँदै आवतजावत गर्न मुस्किल रहेको उनीहरूको भनाइ छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पुल निर्माणका लागि राजदेवी भक्त कन्स्ट्रक्सनसँग ०७४ साल माघमा सम्झौता गरेको हो । सम्झौतानुसार निर्माण कम्पनीले काम थाले पनि निर्माणकै क्रममा गत वर्षको वैशाख महिनामा पुलमा क्षति पुगेको थियो । पुलमा क्षति पुगेपछि प्रि–स्ट्रेस प्रविधिबाट बनाउन थालिएको हो । तर, पुल निर्माणकै क्रममा पुनः स्ट्रेस गर्दा बीच भागमा क्षतिग्रस्त हुन पुगेपछि काममा अवरोध भएको छ ।

पुलको पुन नयाँ डिजाइन बनाउन तथा अन्य प्रक्रिया पूरा गर्न समय लागेको र आगामी दुई सातामा काम अघि बढ्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर नरेश केशरीले बताए । ‘अब नयाँ डिजाइनबाट प्रविधिको प्रयोग गर्दै पुल निर्माण अगाडि बढाउँछौं’, केशरीले भने । करिब ४ करोड ९८ लाखमा राजदेवी भक्त कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको थियो ।

पुल निर्माणको जिम्मा पाएको राजदेवी भक्त कन्स्ट्रक्सनका सञ्चालक अरविन्द जैसवालले कार्यालयबाट लिखित आदेश आउनेबित्तिकै निर्माण अगाडि बढाइने बताए । प्रविधिमा आएको त्रुटिले आर्थिक क्षतिसमेत बेहोर्नु परे पनि नयाँ सम्झौताअनुसार काम अघि बढाइने उनको भनाइ छ । पुल निर्माणदेखि नै विवाद रहेकाले काममा असहज भएको निर्माण कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.