भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बर्दियामा दश बोरा पटका नष्ट

बर्दियामा दश बोरा पटका नष्ट

काठमाडौं । बर्दिया प्रहरीले पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । एक लाख २० हजार मूल्य बराबराको १० बोरा पटका ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटेको प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

जापुर नगरपालिका–४ विशाल बजारस्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिएर बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट पटका ल्याएर भण्डारण गरेर राखेको अवस्थामा पटका बरामद गरेको हो ।

उक्त पटका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख सुनिल दत्त, राजापुर नगरपालिका–४ का वडा अध्यक्ष बिदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रतिनिधि पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.