भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बलात्कार गरेको आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं । ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी र लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले बताएको छ ।

उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ ।

मालीबाट पटकपटक दुर्व्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.