भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बस दुर्घटना हुँदा १८ जना घाइते

बस दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं । इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान ललितपुरको लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस बीच सडकमै पल्टिदा १८ जना घाइते भएका हुन । बसको चालक सुजन नाम गरेका २४ वर्षीय घाइते भएर अस्पतालमा भर्ना गरिएको छ ।

बसमा २४ जना सवार थिए । २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ ।

घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.