भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

बाइडेनले समयमा कर नतिरेको सम्बन्धी दुई अभियोगमा आफनो दोष स्वीकार

बाइडेनले समयमा कर नतिरेको सम्बन्धी दुई अभियोगमा आफनो दोष स्वीकार

काठमाडौं । हन्टर बाइडेनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा विरुद्ध फौजदारी मुद्दा दर्ता भएको हो । अमेरिकी कानुनअनुसार कुनै पनि प्रकारको लागुऔषध दुर्व्यसनमा रहेका व्यक्तिले बन्दुक किन्न र राख्न पाउँदैनन्।

हन्टरले सन् २०१८ को अक्टोबरमा डेलावेयरको बन्दुक पसलबाट कोल्ट कोब्रा स्पेशल रिभोल्भर खरिद गर्दा आफू कुनै लागुऔषधको दुव्यर्सनी नरहेको झुटो दाबी पेस गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनी विरुद्ध तीनवटा आरोप लगाइएकोछ। सो समयमा हन्टर बाइडेन क्रयाक कोकिनका दुव्यर्सनी थिए। बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको हो।

अमेरिकामा बहालवाला राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो।​ बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ। दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका ८० वर्षीय राष्ट्रपति जो बाइडेनका लागि छोराको यो मुद्दाले राजनीतिक क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ।

हन्टरविरुद्ध कर छली सम्बन्धी अर्को अनुसन्धान पनि जारी छ। बन्दुक तथा कर सम्बन्धी दुवै विषयको समाधान गर्न सरकारी अभियोजनकर्ता र हन्टरका कानुन व्यवसायीबीच गत जुनमा एउटा सहमति भएको थियो। सो सहमति अन्तर्गत बाइडेनले समयमा कर नतिरेको सम्बन्धी दुई अभियोगमा आफनो दोष स्वीकार गर्ने र लागुऔषध उपचारसम्बन्धी कार्यक्रममा संलग्न भएर अवैध बन्दुक सम्बन्धी फौजदारी अभियोगबाट मुक्ति पाउने चांजोपांजो मिलाइएको थियो। तर अन्तिम समयमा आएर अदालतले अनुमति नदिँदा नाटकीय रुपमा उक्त सम्झौता तुहिएको थियो।

 


Thali Mobile Pvt.Ltd.