भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

बारपाकको सुलीकोटमा आज सार्वजनिक बिदा

बारपाकको सुलीकोटमा आज सार्वजनिक बिदा

गोरखा । बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पको आठ वर्ष पूरा भएको छ ।

२०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले आठ हजार ९ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो । २२ हजार ३ सय ९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लामा मात्र ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

निधन भएकाहरुको स्मृतिमा सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्न थालेको साढे पाँच वर्ष वितिसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

२०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराले जनाएको छ ।

सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी राखेको इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले बताए ।

 


Thali Mobile Pvt.Ltd.